१० श्रावण २०८३, आइतबार 1785079939
Banner

बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ३७ जना घाईते

हेटौंडा : हेटौंडामा  बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बसमा सवार अन्य ३७ जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ चुरियामाई मन्दिर नजिक आइतबार राति रात्रि बस दुर्घटना हुदा बसमा सवार एक यात्रुको मृत्यु भएको हो। 

काठमाडौंबाट दमक तर्फ जाँदै गरेको ना ७ ख २०३२ नम्बरको रात्रि बस आफै अनियन्त्रित भई नालीमा खस्दा बसमा सवार  झापाको दमक–५ मोडेल क्याम्पस नजिक बस्ने  ६० बर्षीय दिल्ली बहादुर दर्जीको मृत्यु भएको हेटौंडा प्रहरीले जनाएको छ। उनको हेटौडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।