२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 5:47 am
Banner

टीकाको शुभसाइत बुधबार बिहान ११ बजेट ५१ मिनेटमा

सूचना प्रेस २०७९ आश्विन १७ सोमबार ००:००, ०७:३४ बजे १ मिनेट पढाइ

काठमाडौँ — बडादसैंको टीकाको उत्तम साइत असोज १९ गते बुधबार बिहान ११ बजेर ५१ मिनेटमा रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार घटस्थापनादेखि पूजा–आराधना गरिएकी देवीलाई बिहान १० : ३४ बजे विसर्जन गरी ११ : ५१ को साइतमा टीका लगाउन सकिनेछ । देवीको प्रसादका रूपमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्न सकिने समितिले जनाएको छ ।