३ भदौ २०८३, बुधबार 1787153173
Banner

सिट बाँडफाँटको टुंगो लगाउन गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि भागबण्डा टुंगो लगाउन सत्ता गठबन्धनका शीर्षसहित कार्यदल सदस्यहरू बिहानैबाट छलफलमा जुटेका छन्।

बिहान साढे ८ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा प्रतिनिधि सभाका केही निर्वाचन क्षेत्र र प्रदेश सभाका निर्वाचन क्षेत्रबारे छलफल भइरहेको जसपाका कार्यदल सदस्य मनिष सुमनले जानकारी दिए।

‘हामी बिहान साढे ८ बजेदेखि छलफलमा छौ, आज टुंगो लगाउने भनिएको छ तर के हुन्छ हेरौँ’, सुमनले भने,‘ शीर्ष नेताले चाहे आजै सिट बाँडफाँट टुंगो लाग्छ।’

सिट बाँडफाँटमा कांग्रेस र माओवादी केन्द्रले जसपा र नेकपा एकीकृत समाजवादीलाई पेलेको भन्दै असन्तुष्टि बढेको छ। आइतबार सहमति नभएपछि आजका लागि बैठक तय भएको थियो। बैठकमा यादवले आफूहरूलाई १६ सिट मान्य नहुने भन्दै कम्तीमा २२ सिट चाहिने बताएका थिए।