१० मंसिर २०८१, सोमबार 1732529859
Banner

‍एमाले नेतृ गंगा चौधरीले स्वतन्त्र उमेदवारी दिने

काठमाडौं । एमाले नेतृ गंगा चौधरी थारूले स्वतन्त्र उमेदवारी दिने घोषणा गरेकी छन् । शुक्रबार सामाजिक सञ्जालबाट उनले आफू स्वतन्त्र उमेदवार बने जनताको बिचमा आउन लागेको बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन् , आज मैले ठिक निणर्य गरे या बेठिक मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताका लागि म सधैँ लागि रहने छु । जनता भगवान हुन जनता नै सर्वोपरि हुन देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउँदै छु । हजुरहरूको साथ चाहिएको छ ।
उनी यसअघि दाङबाट समानुपातिक सांसद थिइन् ।

प्रतिनिधिसभा सदस्यका लागि उनको नाम दाङ १ बाट सिफारिस भएको थियो । उनीसहित रेवतीरमण शर्मा र शान्ता चौधरीको नाम पनि सिफारिस भएको थियो ।