काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।
नेता पोखरेलले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो। नेता पोखरेलसँगै ५ (१) मा प्रदेशसभा सदस्यका लागि नारायण सिलवाल र ५ (२) मा दिपक निरौलाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उम्मेदवारी दर्ता गर्नु अघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पोखरेलले मंसिर ४ गते हुने निर्वाचनमा आफुसहित एमालेका उम्मेदवारहरु विजयी हुनेमा विश्वास व्यक्त गर्नुभयो ।