भेनेजुयलाको लास टेजेरियास शहरमा पहिरो जाँदा २२ जनाको मृत्यु भएको छ। ५२ जना बेपत्ता भएका छन्।
राजधानी काराकसको दक्षिणमा रहेको लास टेजेरियास शहरमा पहिरोले घर बगाएको बीबीसीले जनाएको छ। ला निना मौसमको ढाँचाका कारण आएको भीषण वर्षापछि कम्तीमा २२ जनाको मृत्यु भएको र थप ५२ जना बेपत्ता भएका हुन्।
उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले आइतबार सबैभन्दा बढी प्रभावित क्षेत्रको भ्रमण गर्दै बेपत्ता भएकाहरूको खोजी गरिरहेका जानकारी दिए। उपनागरिक सुरक्षा मन्त्री कार्लोस पेरेज एम्पुएडाले करिब एक हजार आपतकालीन कर्मचारीले पहिरोमा परेकाहरुको खोज र उद्धार गरिरहेका बताए।
एल पाटो नदीमा आएको बाढीसँगैको पहिरोलेलास टेजेरियास गाउँ नै हराएको स्थानीयलाइ उदृत गर्दै एएफपीले जनाएको छ। एजेन्सी