३ भदौ २०८३, बुधबार 1787174345
Banner

विप्लव नेतृत्वको नेकपाले आज नवौ महाधिवेशन गर्दै

काठमाडौ। मुलुक आमनिर्वाचनमा होम्मिरहदाँ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई भने पार्टी महाधिवेशन लागेको छ।

चन्द नेतृत्वको नेकपाको नवौँ राष्ट्रिय महाधिवेशन आज देखि कपिलवस्तुको शिवगढीमा सुरु हुँदैछ। काठमाडौंमा हुने भनिएको महाधिवेशनको मिति र स्थान फेर्दै सो पार्टीले कपिलवस्तुमा महाधिवेसन गर्न लागेको हो । कपिलवस्तु चन्दको गृह जिल्ला पनि हो।

सो महाधिवेशनको उद्घाटन नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले गर्नेछन्। दिउँसो १२ बजे नवनिर्मित पार्टी केन्द्रीय कार्यालयमा विप्लवले सम्बोधन गर्ने सो महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि पर्यवेक्षक कपिलवस्तु आउने क्रममा जारी रहेको छ। सो महाधिवेशनमा कति प्रतिनिधि रहनेछ त्यो भने खुलाइएको छैन।