१८ भदौ २०८३, बिहिबार 1788440907
कला/साहित्य

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक

काठमाडौं : वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक छ। 

ललितपुरस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भइरहेको छ। 

अस्पतालले सोमबार प्रेस विज्ञप्ति जारी गरी जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको तथा अवस्था चिन्ताजनक रहेको जनाएको छ।

आइतबारदेखि उनको छातीमा निमोनियाको सङ्क्रमण भएकाले एन्टिबायोटिक सुरु गरिएको छ र मुटुसम्बन्धी समस्या देखा परेकाले त्यसको नियन्त्रणका लागि सघन उपचार कक्ष आईसीयूमा राखी उपचार थालिएको छ। जोशीको स्वास्थ्यमा केही सुधार देखिए पनि खतरामुक्त नरहेको अस्पतालले जनाएको छ।