२७ भदौ २०८३, शनिबार 1789261578
Banner

सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न अनुमति

काठमाडौं : जिल्ला अदालत, काठमाडौंले बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ।

सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले ७ दिन धेरै हुने भएकाले ३ दिन मात्र दिनुपर्ने माग गरेपनि अदालतले ५ दिनको म्याद दिएको जानकारी दिए। बयान दिने काम आधा सकिसकेको पनि उनले बताए। 

गत असोज २० गते विमानस्थलबाट पक्राउ गरी गौशाला हिरासतमा राखिएका उनलाई अनुसन्धानका लागि सात दिनको दिइएको थियो। सात दिन सकिएसँगै प्रहरीले उनलाई आज अदालत उपस्थित गराउन लागेको हो। 

गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो।  असोज २४ गते जिल्ला अदालतमा सन्दीपले आफू निर्दोष रहेको दाबी गरेका थिए।