२ जेष्ठ २०८३, शनिबार 1778912422
Banner

सत्यमोहन जोशीको शरीर नजलाउने, अध्ययनका लागि अस्पताललाई दिईने

काठमाडौं । शताब्दी पुरूष सत्यमोहन जोशीको शरीर नजलाउने निर्णय भएको छ। यसअघिनै मृत्युपछि आफ्नो शरीर दान गरिसकेका जोशीको शरीर अध्ययनका लागि केमिकल प्रयोग गरेर राखिने भएको हो।

आइतबार किष्ट अस्पतालमा परिवार, महानगर र अस्पताल प्रशासनबीच भएको छलफलपछि जोशीको शरीर नजलाउने निर्णय भएको हो। जोशीले मृत्यु अघि नै शरीर दान गरेकाले उनको दाहसंस्कार नगरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । जाेशीकाे शव अस्पताललाई अध्ययनका लागि हस्तान्तरण  गरिने भएकाे   छ ।

किष्ट अस्पतालमा भएको छलफलमा जोशीका कान्छा छोरा डाक्टर पूर्णराज जोशीले आफूहरूको इच्छा परम्परा अनुसार अन्त्येष्टि गर्ने भए पनि बुबाको इच्चालाई आफूहरूले मान्ने बताए।

‘बुबाले चाहनुहुन्थ्यो कि, कसरी यति लामो समयसम्म कसरी बाँचिरहेको छु। हामी छोराहरू उहाँको सम्मान गर्छौ। अस्पतालले अध्ययन गरोस्,’ उनले भने।

शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका परिसरमा राखिने भएको छ।