६ आश्विन २०८३, मंगलबार 1790122425
Banner

भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यसपटकको भाइटीकाको उत्तम साइतबारे जानकारी दिएको छ।

तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहीबार बिहान ११ बजेर ३७ मिनेटमा रहेको समितिले जनाएको छ।

नेपालका लागि यो समय उपर्युक्त रहेको सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

भारत, अमेरिका, बेलायतलगायतका देशमा भने फरक–फरक समयमा भाइटीकाको साइत रहेको छ।