१० श्रावण २०८३, आइतबार 1785091907
खेलकुद

पूर्व प्रधानमन्त्री ओली एशिया प्रशान्त क्षेत्रको उच्च पदक “मेधावी योगदान” बाट सम्मानित

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली एशिया प्रशान्त क्षेत्रको उच्च पदक “मेधावी योगदान” बाट सम्मानित हुनुभएको छ ।

नेपाल स्काउटका तात्कालिन संरक्षक ओलीले स्काउटको एशिया प्रशान्त क्षेत्रको उच्च पदक “मेधावी योगदान” प्राप्त गरेको नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले जानकारी दिनुभयो ।

आज समापन भएको विश्व स्काउट एशिया प्रशान्त क्षेत्रीय सम्मेलनमा ओलीले नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रर्बद्धन मार्फत बालबालिका तथा युवाहरुको सर्बपक्षीय विकासमा पुर्याएको योगदानको कदर गर्दै उक्त पदक प्रदान गरिएको हो। ओली “मेधावी योगदान” पदक प्राप्त गर्ने पहिलो नेपाली हनुहुन्छ भने यस बर्ष यो पदक उहाँलाई मात्र प्रदान गरिएको छ ।