३० कार्तिक २०८१, शुक्रबार 1731728827
Banner

एमाले सरकारले तीन बर्षको कार्यकालमा बिकास के हो भन्ने कुरा गाउँगाउसम्म पु¥यायो : अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले हिजो देखेका बिकासका सपना आज बिपनामा परिणत भएको बताउनुभएको छ ।

बिहीबार आफ्नै निर्वाचन क्षेत्रका कार्यकर्ताहरुसँगको भेटघाटको अवसरमा अध्यक्ष ओली उक्त बिचार ब्यक्त गर्नु भएको हो । हिजो आमसभामा गाउ गाउ जादा गाडीमा नै फरुवा कोदालो सँगै लिएर जानु पर्ने अवस्था थियो । गाउमा मात्र होइ शहर बजार क्षेत्रमा समेत सडक, पुल, लगायतका बिकास पूर्वाधार थिएनन् । का गाडी फस्ने हो त्यही उत्रिएर कोदालोले माटो काटेर बाटो बनाउदै हिड्नु पर्ने अवस्था थियो । राती आमसभा या भेटघाट गर्दा बिद्युत बिस्तार भएको थिएन बक्तीको अभावमा पेट्रोमेक्स बालेर उज्यालो बनाएका कार्यक्रम गर्नु पथ्र्यो । बिगतका चुनावको प्रचारलाई स्मरण गर्दै अध्यक्ष ओलीले अगाडी भन्नुभयो, अहिले देशैभरी बिकासले फड्को मारेको छ ।

एमालेको नेतृत्वमा भएको सरकारले तीन बर्षको आफ्नो कार्यकालमा बिकास के हो भन्ने कुरा गाउँगाउसम्म प्रमाणित हुने गरि पुगेको बताउनुभयो । त्यति वेला यो ठाउमा पक्की पुल सडक निर्माण हाम्रो पालमा हुन्छ र भनेर सपना देखेका जनताकालागि अहिले बिकास बिपना जस्तै भएको छ अध्यक्ष ओलीले भन्नुभयो । गृह जिल्लाको आफ्नै निर्वाचन क्षेत्रका कार्यकर्ता र स्थानीयलाई सम्बोधन गर्दै इच्छाशक्ति र अठोट भए देश बनाउन र विकास गर्न सकिँदो रहेछ भन्ने प्रमाणित भएको बताउनुभयो ।

अध्यक्ष ओली नेकपा एमले बिचार नीति र कार्यक्रम प्रष्ट भएको पार्टी हो । देशलाई बिकासको चरण लान ५२ बर्ष अघि आफ्नो जुँगाको रेखीमात्र बसेको अवस्थामा नै प्रष्ट भएर राजनीतिमा लागेको हुँ । त्यसैले त्यति वेला बिभिन्न चरणका कस्टपुर्ण आन्दोलनका चरण पार गर्दै आएको थियौ । त्यसैले हाम्रो पार्टीले बिकास योजना र कार्यक्रम कसरी अघि बढाउने भन्ने प्रतिवद्धता पत्र आगामी १५ गतेसम्ममा जनतासमक्ष ल्याउने जानकारी दिनुभयो । उहाँले देशभर भूकम्पपीडितका ७ लाख बढी पक्की घर बनाएर जनतालाई सुरक्षित घरमा राख्न सफल भयो । हजारौं सरकारी भवन, सेनाको प्रधान कार्यालय देखि लिएर ठूलाठूला संरचना निर्माण गरिएका छन् । अस्पताल, विद्यालय, क्याम्पस, विजनेस कम्प्लेक्स समेत निर्माण गरिए ।

आफूले सरकारको नेतृत्व गर्न पाउनेवित्तिकै नयाँ ढंगले देशमा विकासको लहर र तरंग सृजना गरेको बताउनु भयोे । बिजुली, टेलिफोन, पक्की बाटो, पक्की पुल जनताको सपना रहेको भन्दै उहाँले ती सबै सपना विपनामा परिणत भएको स्मरण गराउनुभयो । रतुवा मावामा पुल, गाउँ–गाउँमा बाटा, विद्यालय भवन, क्याम्पस भवन, भ्यूटावर, कृषिको आधुनिकीकरण गर्ने, नयाँ–नयाँ ढंगले विकासका काम अघि बढाइएको बताउनुभयो ।

एमालेको उद्देश्य देश बनाउनुभएको भन्दै उहाँले हिमाल,चट्टान,हिमताल, नदीनाला, बोटबिरुवा, जडिबुटी सबै थोक भएको देश नेपाललाई बनाउने अभियानमा एमाले लाग्ने बताउनुभयो ।