१६ असार २०८३, मंगलबार 1782860998
Banner

परमादेशपछि अदालत सेटिङको अखडा भयो : अध्यक्ष ओली

ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालत सेटिङको अखडामा परिणत भएको बताउनुभएको छ । नेकपा एमाले ललितपुरले तिहार तथा नेपाल संवतको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष ओलीले कुनै व्यक्तिलाई प्रधानमन्त्री तोक्न घण्टा तोकेर दिइएको परमादेश ऐतिहासिक गल्ती गरेको सर्वोच्चले अब त्यस्तो दोहोरिन नपाउने बताउनुभएको छ ।

ओलीले भन्नुभयो, अदालतले संविधानका नाममा जे मन लाग्यो त्यही फैसला गर्छ । अदालतमा न्यायाधीशहरुले हडताल गरेर तमासा देखाउँछन् । प्रधान न्यायाधीशलाई कुर्सीमा बस्न दिइनन् । एउटा न्यायाधीशले अर्कोलाई लाञ्छित गर्छ । प्रधान न्यायाधीशलाई घरमा नजबरन्द गरिन्छ । अधिवक्ता र तीनका संस्थाले न्यायालयको हुर्मत लिन्छन् । यो भन्दा तमासा के हुन्छ ?

ओलीले लोकतन्त्रलाई परमादेश होइन जनादेशमार्फत बलियो बनाउनुपर्ने र त्यसका लागि मंसिर ४ गते जनताले फैसला गर्नुपर्ने बताउनुभयो ।