९ मंसिर २०८१, आइतबार 1732432322
राजनीति

काठमाण्डौ ५ (१) का उम्मेदवार नारायण सिलवालप्रति मतदाताको आशा र उत्साह (तस्विरसहित)

काठमाण्डौ । काठमाण्डौ क्षेत्र नम्बर ५ को प्रदेशसभा १ का उम्मेदवार नारायण सिलवालले मतदातासँगको भेटघाटलाई तीब्र बनाएका छन् ।

यसअघि २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित सिलवाल यसपटक पनि पुनः उम्मेदवार बनेसँगै घरघरमा पुगेर मतदाता भेटिरहेका छन् । यसअघि निर्वाचित भएपछिको ५ वर्षको अवधिमा उल्लेख्य काम गर्न सफल सिलवालले आगामी दिनमा गर्नुपर्ने कामको बारेमा सुझाब मागिरहेका छन् ।

निर्वाचित भएपछिको ५ वर्षको अवधिमा पनि निरन्तर आफ्नो क्षेत्रको टोल टोलमा विकास निर्माणका योजना लिएर पुगेका सिलवाल आगामी कार्यकाललाई थप कसरी प्रभावकारी बनाउने भनेर प्रतिक्रिया माग्नमा केन्द्रित भएका छन् ।

जनताका साझा समस्या समाधानका लागि हरेक वर्ष काठमाडौं वडा नम्बर ४ ले गरेको ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रमअन्तरगत सिलवाल टोलटोलमा पुग्दै आएका थिए ।

सत्ता गठबन्धनका उम्मेदवारभन्दा चर्चित र लोकप्रिय भएकाले सिलवालले चुनाब जित्ने निश्चित जस्तै छ । त्यसैले उनी भोट माग्न भन्दा पनि आगामी कार्यकालमा गर्नुपर्ने कामको विवरण माग्न केन्द्रित भएका हुन् ।

जनप्रतिनिधिसमक्ष जनताले मेलम्चीको पानी, ढल व्यवस्थापन, चोरी नियन्त्रणका लागि सीसी क्यामेरा जडान, सामुदायिक कुकुरको उचित व्यवस्थापन, सरसफाइ, वडास्तरीय क्लिनिकलगायतमा ध्यान दिन सुझाव दिने गरेका छन् । सिलवाललाई सुझाब दिने क्रममा मतदाताहरु उत्साहित र निकै आशावादी देखिएका छन् ।

नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका सिलवालले जनताले दिएका हरेक सुझाबलाई लिखित रुपमा टिपोट गरेर योजनामा समावेश गर्ने लक्ष्य लिएका छन् । उनले स्थानीय विकासका योजनामा प्रत्यक्ष रुपमा संलग्न भइ काम गर्दै आएका छन् । उनको विगतको भूमिका र जनतासँगको निरन्तरको सम्पर्कका कारण निर्वाचन जित्ने निश्चित भएको त्यस क्षेत्रका मतदाताले बताउने गरेका छन् । सिलवालले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने काठमाण्डौ महानगरपालिकाको वडा नम्बर २, ४ र ५ मा मतदातासँगको भेटघाटलाई तीब्रता दिएका हुन् ।

भेटघाटमा व्यस्त नारायण सिलवाल :