झापा – नेपाल परिवार दलको अध्यक्ष एकनाथ ढकालले देशलाई गठबन्धनबाट मुक्त गर्न एमालेलाई जिताउनु पर्ने बताउनु भएको छ ।
आज झापाको कमलगाँउपालिकामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताउनु भएको हो ।
अध्यक्ष ढकालले नेपालको राजनीतिमा सर्वाधिक भरोसा योग्य नेता अध्यक्ष ओली भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रियताको संरक्षण, समावेशी एकता, सन्तुलित छिमेकी नीतिका लागि केपी ओलीको नेतृत्व चाहिन्छ ।’
देश, लोकतन्त्र, विकास र समृद्धिका लागि एमालेलाई मतदान गर्न आवश्यक रहेको अध्यक्ष ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशको विकास, व्यवस्थाको रक्षा, समृद्धि र सामाजिक सुरक्षाको लागि सूर्य चिन्हमा भोट हाल्नु पर्दछ ।’
देशको नेतृत्व केपी ओलीलाई दिनुपर्ने अध्यक्ष ढकालले बताउनु भयो । उहाँले भन्नुभयो, ‘झापाको मतले देशको नेतृत्व अध्यक्ष ओलीले गर्नुहुनेछ ।’