काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाँड बालकोट आउनुभएको छ ।
अध्यक्ष ओलीसँग गृहमन्त्रीले करिव एक घण्टा भेट गर्नुभएको छ ।
अध्यक्ष ओलीसहितका नेताहरुले मंगलबार साँझ बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुभएको थियो ।
अनौपचारिक स्रोतका अनुसार देउवासँग एमालेले राखेका कन्सर्नबारे छलफल गर्न दूतकोरुपमा गृहमन्त्री बालकोट आउनुभएको हो ।