१२ कार्तिक २०८१, सोमबार 1730132047
राजनीति

यी हुन एमाले भक्तपुरका उम्मेदवारले गर्ने पाँच वर्षको ३० योजना

भक्तपुर। आगामी मंसिर ४ गते हुने संघीय तथा प्रदेश निर्वाचनमा नेकपा (एमाले) भक्तपुर–२ का उम्मेदवारहरुले आफ्नो पाँच वर्षे ३० वटा योजना तथा रणनीति सार्वजनिक गरेका छन्।

हिजो एमालेका उम्मेदवारहरुले पत्रकारहरुसँग भक्तपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा एमालेका उम्मेदवारहरुले आगामी पाँच वर्षमा ‘समृद्ध भक्तपुर : सुखी भक्तपुरवासी’ बनाउने मुख्य मुख्य योजनाहरु सार्वजनिक गरिएको छ। ‘समृद्ध भक्तपुर स् सुखी भक्तपुरवासी’ हुन बाँकी रहेकाले उक्त अभिभारा पूरा गर्ने योजनाहरु एमालेसँग मात्र भएको दावी गरिएको छ।

जिल्लामा नै रोजगारी, शिक्षा, पर्यटन, धर्म, कला, संस्कृतिको रक्षा, स्वास्थ्य, शुसाशन, भ्रष्टाचारमुक्त जिल्ला, औद्योगिकरण, स्मार्ट सिटी, बौद्धिक वर्गको जिल्ला, सिंहदरवारसँग जोड्ने मात्र नभई अब नेतृत्व गर्नेलगायतका योजना तथा त्यसको कार्यान्वयनको लागि एमालेको विकल्प नभएको दावी गरिएको छ।

‘हाम्रो भक्तपुर स् हामी आफै बनाउन सक्षम छौं’ भन्ने मान्यतालाई स्थापित गराउने योजनाहरु एमालेको उम्मेदवारले बनाएको बताइएको छ। क्षेत्र नं. २ मा प्रतिनिधिसभाको उम्मेदवारको लागि एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत, प्रदेश २ ‘क’मा किरण थापा र २ ‘ख’मा चन्दनकृष्ण श्रेष्ठले उम्मेदवारी दिई निर्वाचनमा होमिएका छन्। कार्यक्रममा नेता बस्नेत, थापा तथा श्रेष्ठले निर्वाचनमा आफ्नो प्रतिवद्धताहरु सार्वजनिक गर्नुभएको हो ।

एमालेको विजयसँगै भक्तपुरले अन्य ठाउँलाई खोज्ने नभई अन्य ठाउँहरुको खोजी तथा अनुसन्धानको केन्द्रको रुपमा भक्तपुरलाई विकास गर्ने उहाँहरुको प्रतिबद्धता थियो। औपचारिक घोषणापत्र भने केही दिनमा नै सार्वजनिक गर्ने तयारी भइरहेको नेता बस्नेतले बताउनुभयो ।