३० कार्तिक २०८१, शुक्रबार 1731706062
Banner

राजनीतिमा गतिभन्दा दिशा महत्त्वपूर्ण हुन्छ

मंसिर ४ को आमनिर्वाचनमा देश पक्षीय राजनीतिलाई जिताउने कि देश विरोधी राजनीतिलाई भन्ने प्रश्नमा केन्द्रीत छ। लोकतन्त्र र संविधान जोगायौं र नो नट अगेन भन्दै कम्फर्टेबल गठबन्धनले आकाश र दक्षिणको छिमेकीको भागमा प्रधानमन्न्त्री र राष्ट्रपति पर्नेगरी सहमति गरेका छन्। त्यसैले कुनै भ्रममा नपरी देश जित्ने र जिताउने राजनीतिको पक्षमा मतदान गर्न तयार हौं। मताधिकारको प्रयोग देशको स्वार्थमा गरौं। देश जित्नेगरी मतदान गरौं।

नो नट अगेन भन्दैछन्,

जनमन भ्रमित बनाउँदैछन्।

प्रतिगमन भो भन्दैछन्,

बाह्य स्वार्थ बलियो बनाउँदैछन्।

नयाँ र स्वतन्त्र हौं हामी भन्दैछन्,

त्रिशंकु संसद बनाउन खोज्दैछन्।

गणतन्त्रलाई निरंकुश भो भन्दैछन्,

निरंकुश राजतन्त्र नै फेरि खोज्दैछन्।

संसदीय लोकतान्त्रिक प्रणालीमा जनादेश खण्डित हुँदा वा हुने अवस्था आउँदा सार्वभौम जनतामा राजनैतिक एजेण्डासहित जानु लोकतान्त्रिक प्रणालीको विशेषता नै होभने प्रधानमन्त्रीको अविशिष्ट अधिकार पनि हो। तर नेपालमा परमादेशीहरूले प्रतिगमन भो भन्दै बाह्य स्वार्थ पूरा गरिरहेका छन्। उनीहरू नै फेरि अर्को पक्षलाई आरोप लगाएर पानीमाथिको ओभानो बन्दैछन्। राजनीतिमा विचार प्रधान हुन्छ अनि गतिभन्दा दिशा अर्थात गन्तव्य महत्त्वपूर्ण हुन्छ भन्ने कुरा तिनले कुनै सरोकार राखेको देखिदैन्। त्यसैले यतिखेर हामी नेपाली मतदाताले विवेक प्रयोग गर्दै राष्ट्र पक्षको मतदान गर्नुपर्ने भएको छ।

यतिखेर दलाल पुजिंवादले नेपालको राजनीतिमा देशभक्त वामपन्थीहरूलाई हराउन सबैखाले शक्ति र श्रोतहरूलाई प्रयोग गरिरहेको छ। जसले गर्दा सर्वसाधारण मतदाताहरूमा भ्रम पर्ने प्रबल सम्भावना छ। राज्यका चारैवटा अंगहरू दलाल पुजिंवाद अर्थात कम्फर्टेबल चुनावी गठबन्धनको पक्षमा क्रियाशील भइरहेका छन्। सामाजिक सञ्जालमा भ्रामक टिप्पणी र भिडियोहरू सार्वजनिक गरिदैछ। त्यसैले सबैखाले षडयन्त्र र भ्रमहरूलाई चिर्दै आगामी मंसिर ४ मा दलाल पुजिंवादको पैरवी गर्ने नेपाली कांग्रेस नेतृत्वको चुनावी गठबन्धनलाई लोकप्रिय जनमतबाट पराजित गर्नुपर्नेछ।

तर अहिले दलाल पुजिंवादलाई जिताउने र नेपालमा नियन्त्रित अस्थिरता बढाउने अनि बाह्य स्वार्थअनुसार राज्यका नीतिहरू बनाउने र राज्य चलाउने रणनीति सफल बनाउन ‘विभाजन र शासनको नीति’ अनुरूप वामपन्थी जनमत विभजित गर्न माधव, प्रचण्ड र झलनाथ अर्थात माझण्डहरूलाई एमालेविरूद्ध प्रयोग गरिदैछ भने युवा जनमत भ्रमित बनाउन घण्टी बजाईंदैछ। यसको मुख्य लक्ष्य दलाल पुजिंवादको पक्षपोषण गर्ने दल नेपाली कांग्रेसको नेतृत्वमा बनेको गठबन्धनलाई जिताउने नै हो।

नेपालको पछिल्लो राजनीतिमा पुष्पकमल दाहाल उर्फ प्रचण्ड अर्थात माओवादी केन्द्र, गगनकुमार थापा अर्थात नेपाली कांग्रेस र रबि लामिछाने अर्थात राष्ट्रिय स्वतन्त्र पार्टीलाई उपयोग गरेर एकातिर नेपालको राजनीति अस्थिर बनाउने चाहाना देखिन्छ भने अर्कातिर दक्षिण पश्चिमको स्वार्थ स्थापित गर्ने अभिष्ट भेटिन्छ। रबी लामिछानेको प्रयोग युवा मतदातालाई भ्रमित बनाएर देशको पक्षमा उभिन नदिनु होभने प्रचण्डको प्रयोग वामपन्थी जनमत भ्रमित र विभाजित बनाउने अनि अमेरिकाको स्वार्थमा प्रधानमन्त्री र भारतको स्वार्थमा राष्ट्रपति बनाउने बलियो आधार तयार गर्नु हो। यसका लागि नेकपा एमाले कमजोर बनाउनु पर्छ भनेर उनीहरूले बुझेका छन् र त्यही बुझाईअनुसार माधव नेपालको नेतृत्वमा नयाँ पार्टी बनाएका हुन्। त्यसैले आज यो आमनिर्वाचनलाई जनतालाई सत्यतथ्य बुझाउने राजनीतिक अभियान बनाउनु पर्ने भएको छ।

२०७२ सालको भारतीय नाकाबन्दीको मार भोगेका र देखेका पुस्ताले गठबन्धनका दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दलहरू र बाह्य स्वार्थमा खडा भएको नयाँ पार्टी अर्थात घण्टी चिन्हमा मत दिएर देश कमजोर बनाउने बाह्य रणनीतिहरूलाई सफल बन्न दिनेवाला छैनन् भनेर विश्वास गर्न सकिन्छ। यदि अन्यथा गरेमा त्रिशंकु संसद बन्नेछ र नेपालमा नियन्त्रित अस्थिरता बढेर बाह्य हस्तक्षेप र चलखेल झन बढ्नेछ। कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने प्रयास कमजोर हुनेछ। बाह्य शक्तिहरूले प्रचण्ड, गगन थापा र रबी लामिछानेहरू नै कि रोजेरु यसका पछाडि धेरै कारणहरू छन्, तर पहिलो र मुख्य कारण यी तीन पात्रहरूलाई उनीहरूको विगतका कारणले लगाम लगाएर काम लगाउन र नियन्त्रण गर्न पनि सजिलो हुनेछ भन्ने दक्षिण पश्चिमले बुझेको छ।

त्रिशंकु संसदलाई लिएर व्यंग्य गर्दै पत्रकार विजय पाण्डे भन्छन्, “माओवादी नेता भन्दैछन्, ‘हाम्रो पार्टी चुनावमा तेस्रो हुन्छ तर सत्ता हाम्रै हुन्छ। हामी नै प्रधानमन्त्री हुन्छौं।’ जनादेशको योभन्दा ठूलो मजाक के हुन्छरु अब कोही पार्टी पहिलो र दास्रो किन हुनेरु थर्ड क्लासले काम चल्छभने फस्ट किन हुनेरु चुनावपछि नेपाल फेरि २०५३/२०५५ को युगमा फर्कन लागेको त होइनरु” उता फेरि कति सिट जित्ने र राष्ट्रिय पार्टी बन्ने नबन्ने कुनै टुंगो छैन्, तर राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नै पार्टीको नेताले देशको नेतृत्व गर्ने भन्दैछ। नेपाली कांग्रेसका नेताहरू जम्मा ८९ सिटमा उम्मेदवार उठाएर बहुमत ल्याउँछौ र हामी नै प्रधानमन्त्री हुन्छौं पनि भन्दैछन्। यो खालको राजनीतिक मजाकबाट देशलाई जोगाउनु मतदाताहरूको जिम्मेवारी बनेको छ।

जनसांख्यिक रूपमा रैथाने नेपालीहरूलाई अल्पमतमा पार्न दक्षिण पश्चिमले जसरी नागरिकता विधेयक ल्याउन दबाब दिइरहेको छ, त्यसको विपक्षमा उभिन नसक्ने अनि सार्वजिक रूपमा खण्डन पनि नगर्ने पात्रहरूलाई राजनीतिक आदर्श मानेर अघि बढ्नु र उनीहरूले नेतृत्व गरेको दलहरूको पक्षमा मतदान गर्नु भनेको राष्ट्रघाती गतिविधिहरूलाई सहयोग पुर्याउनु हो। भारत नागरिकतामार्फत नेपालको आन्तरिक राजनीतिमा आफ्नो पकड जमाउन र कायम गर्न चाहन्छभने अमेरिका तिब्बती शरणार्थीहरूलाई नेपाली नागरिकता दिलाएर उनीहरूको नाममा गैरसरकारी संस्था बनाएर ‘स्वतन्त्र तिब्बत अभियान’ प्रभावकारी बनाउन चाहन्छ। तर हामीभने भ्रमित भएर पछिल्लो समय जानेर नजानेर देश विरोधीहरूको गोटी बन्न खोज्दैछौं।

भ्रममा नपरौ र भ्रम पनि नछरौं१ प्रश्न उठेका पात्र तथा प्रवत्तिहरूलाई आदर्श नठानौं। राष्ट्रिय पहिचान जनाउने नागरिकता छोड्न र विदेशीलाई बाँड्न अनि पूर्वीय सामाजिक मूल्यमान्यता विपरीत श्रीमती त्याग्त र फेर्न संकोच नमान्ने पात्रहरूको असलियत पनि चिनौं। देश र जनताको स्वार्थलाई केन्द्रमा राखेर आफ्नो क्षमताहरूको उपयोग गर्दै भ्रमहरू चिर्न र ठीक निर्णयमा पुग्ने क्षमता विकास गर्नेगरी आममतदाताहरूलाई राजनीतिक रूपमा साक्षर बनाउन सहयोगी बनौं। मंसिर ४ जाने अवसर नजाने देशलागि भार बन्नसक्छ भन्ने कुराको हेक्का पनि राखौं१

लक्ष्मीप्रसाद देवकोटाले भनेका थिए, ‘खराब चिजबाट पनि पनि असल कुरा लिन सक्नु महानता हो।ु त्यसैले अहिले निरासा बाँड्ने होइन, आसावादी हुने हो। नकारात्मक धरातल टेकेर विचारहिन र दिशाहिन राजनीति गर्नेलाई सबक सिकाउने हो। हामीले मनन गर्न सक्नुपर्छस हिजो युक्रेनीयनहरूले भ्रममा परेर हास्य कलाकार जेलेन्स्कीलाई राष्ट्रपति बनाए, आज युक्रेनको हालत कस्तो छरु यदि हामीले युक्रेनीयनहरूजस्तै भ्रममा परेर मतदान गर्यौंभने भोलि नेपाल अर्को युक्रेन बन्न सक्छ। त्यसैले भ्रमबाट मुक्त हुँदै हामीले ुसम्वृद्ध देश सुखी नेपालीु बनाउने राजनीतिलाई जिताउनु पर्छ। त्रिशंकु संसद बनाएर नियन्त्रित अस्थिरतामा पारेर आफ्नो स्वार्थ पूरा गर्न चाहने बाह्यशक्तिहरूको रणनीतिबाट देशलाई जोगाउनु पर्छ।

देशलाई विश्व राजनीतिमा देखिने र सुनिने अनि हामी नेपालीहरूको सम्मान बढाउने राजनीति कुन हो, अहिले हामीले चिन्न सक्नुपर्छ। भ्रम, प्रभाव र प्रलोभनहरूमा पर्नु हुन्न। फेरि हामीले बुझ्नुपर्छ, राजनीतिमा गतिभन्दा दिशा महत्त्वपूर्ण हुन्छ र भ्रमपूर्ण हल्लाको गतिले भोलि क्षति पुर्याउन सक्छ। त्यो कुरो हिजो युक्रेनीयनहरूले हेक्का नपुर्याउँदा आज थातथलो छोडेर शरणार्थी बनेर पिडापूर्ण जीवन व्यतित गर्नुमात्र परेको छैन्, उनीहरूको राष्ट्रिय पहिचान पनि संकटमा परेको छ। त्यसैले युक्रेनबाट सिकौं, मंसिर ४ मा मतदान गर्दा देश जिताउने राजनीतिका पक्षमा गरौं।