२७ भदौ २०८३, शनिबार 1789257048
Banner

भारतलाई हराउँदै इङ्ल्यान्ड फाइनलमा

काठमाडौं । कप्तान जोस बटलर र एलेक्स हेल्सको शानदार ब्याटिङप्रेरित इङ्ल्यान्ड सेमिफाइनलमा भारतलाई १० विकेटले पराजित गर्दै आईसीसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ।

एडेलेड ओभरमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६८ रनको योगफल तयार गरेको थियो। दोस्रो इनिङमा एक सय ६९ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १६ ओभरमा विकेट नगुमाई लक्ष्य पूरा गर्‍यो।

इङ्ल्यान्ड सन् २०१९ मा आयोजित पछिल्लो एकदिवसीय विश्वकपको पनि विजेता हो ।