काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधिका लागि आइतबार पाकिस्तान र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। अस्ट्रेलियाको एमसीजी संगशालामा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजेबाट सुरु हुनेछ।
पाकिस्तान सेमिफाइनलमा न्यूजिल्याण्डलाई पराजित गर्दै फाइन प्रवेश गरेको थियो। यस्ते, इङ्ल्यान्डले भारतलाई पराजित गरेर फाइलमा स्थान बनाएको थियो।
पाकिस्तान र इङ्ल्यान्डले यसअघि १/१ पटक विश्वकपको उपाधि जितेका छन्। पाकिस्तानले सन् २००९ मा श्रीलंकालाई फाइनलमा हराएर विश्वकपको उपाधि जितेको थियो।
यस्तै, इङ्ल्यान्डले सन् २०१० मा अस्ट्रेलियालाई हराएर टी–२० विश्वकपको उपाधि जितेको थियो।