१४ श्रावण २०८३, बिहिबार 1785404635
Banner

गठबन्धन मंसिर ४ पछि फुट्छ: ओली

विराटनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि माओवादी पाँच र सात सिटमा मात्र सीमित हुने बताउनु भएको छ।

विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले अहिलेको गठबन्धन खरानीको डल्लो भएको भन्दै मंसिर ४ पछि डल्लो फुट्ने दाबी गर्नुभयो । मंसिर ४ को निर्वाचनपछि माओवादी खरानीको डल्लो फुट्ने र माओवादी सडकमा जाने टिप्पणी गर्नुभयो।

अध्यक्ष ओलीले मंसिर ४ पछि एमालेको बहुमतको सरकार बन्ने दाबी गर्नुभयो । एमालेको सरकार बन्ने बित्तिकै गठबन्धन नरहने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो गठबन्धन मंसिर ४ पछि रहँदैन, खरानीको डल्लोजस्तै हो ।’

अध्यक्ष ओलीले हिजो छोरी बिकाउनको लागि १५ वर्ष भनेको र आज आफू बिक्नका लागि २० वर्ष भनेर हल्ला मात्र चलाइएको बताउनु भयो ।

‘गठबन्धन २० वर्ष टिक्छ भन्ने जस्तो भावुक कुरा केही हैन, अध्यक्ष ओलीले भन्नुभयो, ‘नचाहिने खालका प्रलोभन बाँडेको हो, हिजो छोरी बिकाउन १५ वर्ष भने, आज आफू बिक्न २० वर्ष भन्दै छन् । अरू कसैको श्रीमती, कसैको छोरा, कसैका ज्वाइँलाई जिताउनको लागि लागि दिइने अभिव्यक्ति राष्ट्रिय राजनीतिको विषय बन्दैनन् ।’