२८ भदौ २०८३, आइतबार 1789345403
Banner

यूएईसँग नेपाल तीन विकेटले विजयी


काठमाडौं । यूएईसँगको दोस्रो एकदिवसीय खेलमा नेपाल तीन विकेटले विजयी भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले संघर्षपूर्ण जित हासिल गरेको हो। यूएईले दिएको १९२ रनको लक्ष्य नेपालले ४७.५ ओभरमा सात विकेट गुमाएर पूरा गरेको छ।

नेपालका लागि गुल्सन झाले ३७, कुशल भुर्तेले ३५, आरिफ शेखले ३३, ज्ञानेन्द्र मल्लले २६, दीपेन्द्रसिंह ऐरीले १३ र सोमपाल कामीले १६ रन बनाए।

यूएईका लागि रोहन मुस्ताफाले तीन, हजरत बिलालले दुई र बसिल अहमदले एक विकेट लिए।

यो जितसँगै एकदिवसीय श्रृङ्खलामा १.१ बराबरी बनेको छ। शुक्रबार हुने तेस्रो खेल विजेताले श्रृङ्खला जित्नेछ।