३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 11:41 am
खेलकुद

युएईबिरुद्ध आज निर्णायक खेल हुँदै

सूचना प्रेस २०७९ मंसिर २ शुक्रबार ००:००, ०६:५६ बजे १ मिनेट पढाइ

काठमाडौं । घरेलु टोली नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शुक्रवार यूएईसँग तेस्रो तथा अन्तिम प्रतिस्पर्धा गर्दैछ।

बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुरू हुने खेलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो।

नेपाल र यूएईबीचको यो खेल श्रृंखलाको निर्णायक खेल हो। यसअघि भएका खेलमा नेपाल र यूएई १–१ को बराबरीमा छन्।

पहिलो खेलमा यूएई ले नेपाललाई ८४ रनले हराएको थियो। दोस्रो खेलमा नेपालले ३ विकेटको जित हात पारेको थियो।

दुवै टोली श्रृंखलामा २–१ को जित हात पार्ने दाउमा रहेका छन्।