१ मंसिर २०८१, शनिबार 1731740903
राजनीति

क्यान्सरका बिरामी भेट्न जाँदा पैसा बाँडिएको भ्रम छरियो : दिपक निरौला

काठमाडौं -आफ्ना पार्टीका उम्मेदवार दीपक निरौलाले पैसा नबाँडेको भन्दै एमालेका कार्यकर्ता नाराबाजीमा उत्रिएका छन्।
उनीहरूलाई अहिले प्रहरी प्रभाग बूढानीलकण्ठमा राखिएका आफ्ना साथीहरू निर्दोष गरेको माग गर्दै प्रभाग अगाडि प्रदर्शनमा उत्रिएका हुन्।
यसैगरी प्रहरीले आफूलाई पैसा बाँडेको आरोपमा पक्राउ गरेकोप्रति निरौलाले आपत्ती प्रकट गर्नुभएको छ । निरौलाले आफू क्यान्सर रोगका पिडित तोक्मन लामासँग कुराकानी गरिहेको अवस्थामा अनावश्यक विवाद झिकेर पैसाको विषय निकालेको निरौलाले सामाजिक सञ्जालमा लेख्नु भएको छ ।
निरौलाले सामाजिक सञ्जालमा यस्तो लेख्नु भएको छ
म क्यान्सर रोग बाट लामो समय देखि बिरामि तोक्मान लामा संग कुरा कानि गरि रहदा अनाबस्यक कुरा निकालि समाज आतडकित पार्ने कार्यनगरेको राम्रो हुन्छ। म राजनैतिक प्राणि हु गैर राजनैतिक काम मेरो आदर्श हैन। मेरो चुनौति छ मित्रहरु आरोप पुस्टी गर्नुस बरामद केहि छ भने सप्रमाण आउनुस।

यसैबीच नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ५ निर्वाचन परिचालन कमिटी मंसिर १ गते साँझ एक जना विरामीलाई भेट्न पुगेका काठमाण्डौ क्षेत्र नं ५ (२) का उम्मेदवार र जनप्रतिनिधिहरुलाई राज्य संयन्त्रको दुरुपयोग गरेर बदनाम गरिएकोमा घोर आपत्ति प्रकट गरेको छ।

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ५ निर्वाचन परिचालन कमिटीकी संयोजक शान्ति अधिकारीले बिज्ञप्ति जारी गर्दै काठमाण्डौ क्षेत्र नं ५ (२ ) का उम्मेदवार दीपक निरौला र प्रदिप डंगोल लगायत छिमेकीमा रहेका विरामी भेट्न जाँदा प्रसासनको दुरुपयोग गरेर बदनाम गर्न खोजिएको बताएकी छन।

कुनै तथ्य र प्रमाण विना राजनीतिक चरित्र हत्या गर्ने र नेकपा एमालेको पक्षमा बनेको माहोल अन्तै मोड्ने दुस्प्रयास गरिएको बताउदै नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ५ ले सो घटनाको कुनै प्रमाण भए सप्रमाण आउन खुल्ला चुनौती समेत दिएको छ। स्थिर समय चलिरहेको समयमा अस्वस्थ रहेका तोक्मान लामालाई भेटन पुगेका निरौला र डंगोलको राजनीतिक चरित्रहत्या गर्ने उदेस्यले गरिएको हुलहुज्जत र दुर्व्यवहार निन्दाजनक रहेको भन्दै नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ५ ले पराजयको मानसिकताले योजनावद्ध रुपमा नियोजित घटना घटाईएको आरोप समेत लगाएको छ।