२६ आश्विन २०८१, शनिबार 1728735256
Uncategorized

माओवादी केन्द्र र अरु दुइ दलबीच एकीकरण हुँदै, स्थायी कमिटी बैठक आज फेरि बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज दिउँसो फेरि बस्ने भएको छ ।

माओवादी केन्द्रसँग आज अरु दुइवटा पार्टी एकीकरणको कार्यक्रम रहेकाले बिहान बसेको बैठक दिउँसो फेरि बस्नेगरी स्थगित भएको हो ।माओवादी केन्द्रका एक नेताका अनुसार नेकपा मसालबाट छुट्टिएर बनेको दल र अर्को एउटा दल माओवादीसँग एकीकरण हुँदैछन्। राष्ट्रिय सम्मेलन गर्न लागेको माओवादी केन्द्रको आज बिहानको बैठकमा दुई वटा एजेन्डामा छलफल भएको थियो ।

बिहानको बैठकमा राष्ट्रि सम्मेलनको तयारीबारे छलफल भएको थियो भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सम्मेलनमा पेस गर्न लागेको प्रस्ताव पेस गर्नु भएको थियो ।

माओवादी केन्द्रको पुस ११ देखि काठमाडौंको कमलादीमा राष्ट्रिय सम्मेलन हुँदैछ। माओवादीले नयाँ विचार र नयाँ पार्टी निर्माणका लागि राष्ट्रिय सम्मेलन गर्न लागेको जनाएको छ।स्थायी कमिटी बैठक तीन बजे तीन बजे बस्दैछ ।