१ मंसिर २०८१, शनिबार 1731755671
Banner

समानुपातिक अपडेट: एमाले पहिलो, कांग्रेस दोस्रो, घण्टी तेस्रोमा

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी छ ।

प्रत्यक्षतर्फ नेपाली कांग्रेसले प्रतिनिधिसभाका ३ क्षेत्रमा जित हासिल गर्दै अग्रस्थानमा छ भने नेकपा (एमाले)एक क्षेत्रमा जित हासिल गर्दै दोस्रो स्थानमा छ । निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस ३९ स्थान र नेकपा (एमाले) ३५ स्थानमा अग्रस्थानमा छन् । साथै, नेकपा (माओवादी केन्द्र) १२, राष्ट्रिय स्वतन्त्र पार्टी ८, राष्ट्रिय प्रजातन्त्र पार्टी ५ र अन्यले १९ स्थानमा अग्रता कायम गरेका छन् ।

प्रत्यक्षतर्फ अग्रस्थानमा रहेको नेपाली कांग्रेस समानुपातिकतर्फ भने दोस्रो स्थानमा छ । निर्वाचन आयोगका अनुसार एमालेले हालसम्म ३७ हजार ८०३ मत प्राप्त गरी शीर्ष स्थानमा छ भने नेपाली कांग्रेस ३३ हजार २०० मतसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १५ जार ४८० मत प्राप्त गर्दा नेकपा (माओवादी केन्द्र)ले १३हजार ४०७ मतका साथ चौथो स्थानमा छ ।

आयोगका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ हजार ८२२, जनता समाजवादी पार्टी नेपालले दुई हजार ८८३, जनमत पार्टीले २ हजार ६०५ मत र नेपाल मजदुर किसान पार्टीले २ हजार ३०३अमत प्राप्त गरेका छन् । साथै, समानुपातिकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक हजार ५४५, नेकपा एसले १ हजार ६६६र अन्यले ७ हजार २२४ मत प्राप्त गरेका छन् ।

प्रदेशसभाको समानुपातिकतर्फ पनि नेकपा (एमाले्) शीर्ष स्थानमा छ । एमालेले १४ हजार ३४३ मत प्राप्त गरेको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ११ हजार ९०४ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ४ हजार ५१८ मत प्राप्त गरेको छ ।