काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं ९ बाट नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठ १० हजार २० मतसहित विजयी भएका हुन्।
उहाँ प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।
उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ८७२५ मत प्राप्त गरेका छन्।