२८ भदौ २०८३, आइतबार 1789345382
Banner

विश्वकप फुटबलमा साउदी अरबसँग अर्जेन्टिना पराजित

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’ को पहिलो खेलमा उपाधि दावेदार अर्जेज्टिना साउदी अरबसँग २–१ गोलको नतिजामा पराजित भएको छ ।

लुसेल रंगशालामा १०औं मिनेटमा लियोनेल मेसीले गोल गर्दै दक्षिण अमेरिकी महारथीलाई अग्रता दिलाएका थिए। सोही गोलमार्फत पहिलो हाफमा १–० को अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा दुई गोल खायो। दास्रो हाफमा आक्रामक शैलीमा मैदानमा उत्रिएको साउदीका लागि लागि ४८औं मिनेटमा सले अलशेहेरीले बराबरी गोल फर्काएका थिए।

त्यसको पाँच मिनेट नबित्दै सलिम अलदावसरीले गरेको गोलसँगै मध्यपूर्वी मुलुकले २–१ को अग्रतासँगै साउदी अरव बिजयी बनेको हो ।