३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 9:25 am
Banner

कांग्रेस र एमाले नेताहरुबीच बालकोटमा वार्ता सुरु

सूचना प्रेस २०७८ फाल्गुन १४ शनिबार ००:००, १८:२९ बजे १ मिनेट पढाइ

काठमाडौं– कांग्रेस र एमालेका दोस्रो तहका नेताहरुबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा छलफल सुरु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच वार्ता अघि दोस्रो तहका नेताहरुबीच छलफल सुरु भएको हो ।

वार्तामा एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल पनि वार्तामा सहभागी छन् ।

कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेता बालकोट वार्तामा सहभागी छन् ।