३ आश्विन २०८१, बिहिबार 1726785950
पालिका

तिनै तह समन्वयकारी भएर अगाढि बढ्दा हामी हाम्रो कार्यकालमा सफल भयौ : उपमेयर बस्नेत

काठमाडौं । सूर्यविनायक नगरपालिकाका उपमेयर जुना बस्नेतले पाँचबर्षको आफनो कार्यकालमा तिनै तह समन्वयकारी भएर अगाढि बढदा काम गर्न सफल भएको बताउनुभएको छ । महिला अधिकारकर्मीहरुले आज भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै उहाँले आफुहरुका लागि उपमेयरको जिम्मेवारी नयाँ अनुभव भएपनि सयमा सय प्रतिशत नै काम गर्न सफल भएको दाबि गर्नुभयो ।

आफुले गरेको कामको फेहरिस्त सुनाउनुहुँदै उपमेयर बस्नेतले भन्नुभयो, हामीले हाम्रो कार्यकालमा कृषि पशुपंक्षी, पुष्प व्यवसाय लगायत आर्थिक उपार्जनका क्षेत्रमा काम गर्न सफल भएका छौ ।’ बिउ पुँजिको रुपमा बाख्रा पालनलाई प्रोत्साहन गर्न बाख्रा बितरण, महिलालाई कम्प्युटर, डाईभिङ तालिम, कौशि खेतीको तालिम र समुह गठन गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै चाँगुनारायण नगरपालिकाका उपमेयर विना बास्तोलाले पनि आफनो कार्यकालभरि महिला उद्यमशिलता र क्षमता विकासमा जोड दिएको बताउनुभयो । वेतवासको काम, फूल ढक्की, नाङ्खलो बनाउने जस्ता आयआर्यनको कामलाई नगरपालिकाले विशेष प्राथमिकता दिएको उहाँले बताउनुभयो । छोरीलाई बैंक खाता, छोरीको सुरक्षा जीवनभरिको लगायत नारा दिएर किशोरी अवस्थामा विवाह गर्ने परम्परालाई रोक्ने लगायतका कार्यक्रम ल्याएको उहाँले बताउनुभयो ।

कार्यक्रममा महिला अधिकारकर्मी एवं नेकपा एमालेका नेता सर्मिला कार्कीले स्थानीय निकायमा भइरहेका काम, जनप्रतिनिधिहरुले पाँचबर्षको समयवधीमा भोग्नुपरेका चुनौती र आगामी दिनमा लिनुपर्ने अवसरका वारेमा चासो राख्नुभएको थियो ।

कार्यक्रममा सहभागि वक्ताहरुले उपमेयरको जिम्मेवारीमा रहेका अधिकांश महिला नेतृहरुको काम प्रसंसा योग्य भएको बताएका थिए ।