नेकपा एमालेले प्रतिनिधिसभा समानुपातिकको ९४ लाख ९१ हजार ६२२ मतगणना हुँदा २५ लाख ७० हजार १४२ मत पाएको छ ।नेपाली कांग्रेस २४ लाख ३८ हजार ११ मतका साथ दोस्रोमा रहेको छ भने नेकपा माओवादी केन्द्र १० लाख ९१ हजार ५३६ मतका साथ तेस्रोमा छ ।
समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी चौथोमा रहेको छ । स्वतन्त्र पार्टीले १० लाख ७० हजार १५५ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ४९ हजार ७७ मतका साथ पाँचौंमा छ ।
जनता समाजवादी पार्टीले ३ लाख ४३ हजार ९६३ मत पाएको छ भने जनमत पार्टीले २ लाख ८७ हजार ५०५ मत पाएको छ । समानुपातिकमा नेकपा एकीकृत समाजवादीले २ लाख ६२ हजार ७५७ मत पाएको निर्वाचन आयोगले जनाएको छ । नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार १७९ मत पाएको छ ।