काठमाडौं । फिफा विश्वकपको फाइनलमा फ्रान्सविरुद्ध अर्जेन्टिनाले पहिलो हाफमा २–० को अग्रता लिएको छ। कतारको लुसैल रंगशालामा जारी खेलको २३ औँ मिनेटमा कप्तान लियोनल मेसीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।
फ्रान्सका ओस्मान डेम्बेलेले १८ यार्ड बक्समा एन्जल डी मारियालाई लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो । जसमा मेसीले गोल गरेका थिए ।
३६ औँ मिनेटमा एन्जल डी मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता २–० मा पुर्याए ।
अर्जेन्टिना यसअघि पटक सन् २०१४ मा विश्वकपको फाइनलमा पुगेको थियो। जहाँ जर्मनीसँग पराजित भएको थियो। चार वर्षअघि फ्रान्सले फाइनलमा क्रोएसियालाई पराजित गर्दै उपाधि जितेको थियो।