२ मंसिर २०८१, आइतबार 1731903794
Banner

फ्रान्स र अर्जेन्टिनाबीचको खेलमा दुई दुई गोल गरेपछि अतिरिक्त समय थपियो

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप अन्तर्गत अर्जेन्टिना र फ्रान्सबीचको निर्धारित समय २ – २ गोलको बराबरी भएसँगै खेल अतिरिक्त समयमा धकेलिएको छ ।

एम्बाप्पेले दुई मिनेटमा दुइै गोल गरेसँगै विश्वकपको फाइनलमा अर्जेन्टिनाविरुद्ध फ्रान्सले २–२ बराबरी गरेको हो।

पहिलो हाफमा लियोनेल मेसी र एन्जल डी मारियाले गरेको गोलसँगै अर्जेन्टिनाले २–० को अग्रता लिएको थियो। ओसुमाने डेम्बेलेले डी मारियालाई गरेको फाउलसँगै पाएको पेनाल्टीमा मेसीले २३औं मिनेटमा पहिलो गोल गरेका थिए। डी मारियाले ३६औं मिनेटमा गरेको गोलसँगै अर्जेन्टिनाले अग्रता दोब्बर पारेको थियो।

दोस्रो हाफमा फ्रान्सले नाटकीय बराबरी गर्यो। अर्जेन्टाइन निकोलस ओटामेन्डीले रान्डाल कोलो मुआनीलाई फाउल गरेपछि पाएको पेनाल्टीमा एम्बाप्पेले पहिलो गोल फर्काएका थिए। त्यसको एक मिनेट नबित्दै मार्कस थुरामको पासमा एम्बाप्पेले शानदार फिनिसिङ गरेपछि बराबरी भएको थियो ।