२० आश्विन २०८३, मंगलबार 6:25 am
समाचार

लिखु तामाकोशी-१ दुरागाउँका वडा सदस्य विमल सुनुवारको निधन

काठमाडौं : रामेछापको लिखु तामाकोशी-१ दुरागाउँका वडा सदस्य विमल सुनुवारको निधन भएको छ। शनिबार दिउँसो भुजीमा भएको बोलेरो दुर्घटनामा घाइते ३९ वर्षीय सुनुवारको वीरेन्द्र अस्पताल, छाउनीमा उपचारको क्रममा गएराति निधन भएको वडा अध्यक्ष प्रदीप तामाङले जानकारी दिए। 

सुनुवारको आजै पशुपति आर्यघाटमा दाहसंस्कार हुने वडाअध्यक्ष तामाङले बताए। सुनुवार एमालेबाट निर्वाचित वडा सदस्य हुन्।