२ जेष्ठ २०८३, शनिबार 1778915073
Banner

कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ ।

आज बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा भएको मतदानमा देउवाले ६४ मत पाउँदा गगन थापाले २५ मत प्राप्त गर्नुभयो ।

मतदानमा सबै ८९ सांसद सहभागी भएका थिए ।