१ जेष्ठ २०८३, शुक्रबार 1778903411
Banner

सरकारमा नजाने गगन थापाको भनाई

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग पराजित भएपछि सरकारमा नजाने उदघोष गर्नुभएको छ। सिंहदरबार परिसरमा दलको नेतामा पराजित भएपछि गगनले आफू सरकारमा सहभागी नहुने स्पष्ट पार्नुभएको छ । भोलिका दिनमा पनि दलको नेताको लागि तयारी गर्नुपर्ने भएकाले सरकारमा नजाने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘कांग्रेसको नेतृत्वमा सरकार बन्यो भने अरु साथीहरु जानु हुन्छ । कांग्रेसको संसदीय दलको नेता परिवर्तन हुनुपर्छ भन्ने मेरो सोच हो म त्यसमा लागिरहन्छु, म कांग्रेसको महामन्त्री पनि हुँ र सांसद पनि हुँ । त्यही रुपमा मैले गर्नुपर्ने काम गरिरहन्छु ।’