१० श्रावण २०८३, आइतबार 1785088555
समाचार

अध्यक्ष ढकाल र फिलिपिन्सकी पूर्व राष्ट्रपति आरोयो बीच भेट

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले फिलिपिन्सकी पूर्व राष्ट्रपति ग्लोरिया माकापागल आरोयोसंग भेट गर्नु भएको छ।

पूर्व राष्ट्रपति आरोयोको मनिलास्थित निवासमा भएको भेटमा पारस्परिक हित र क्षेत्रीय शान्ति सुरक्षाको सम्बन्धमा छलफल भएको नेता ढकालको सचिबालयले जनाएको छ। भेटमा भर्खरै दक्षिण कोरियामा सम्पन्न विश्व शिखर सम्मेलनको उपलब्धिको बारेमा पनि छलफल भएको थियो। सन् २००१ देखि १० सम्म फिलिपिन्सकी राष्ट्रपति हुनु भएकी आरोयो पूर्व सभामुख समेत हुनुहुन्छ। हाल प्रतिनिधि सभाकी सदस्य समेत रहनु भएकी उनि फिलिपिन्सको प्रभावशाली नेत्री हुनुहुन्छ।

पूर्व मन्त्रि ढकाल की धर्मपत्नी ब्लेसि गाडन पनि भेटमा सहभागी हुनुभएको थियो ।