२२ आश्विन २०८३, बिहिबार 11:09 am
Banner

नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने माओवादी केन्द्रको निर्णय

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ।

सोमबार पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको हो । प्रधानमन्त्रीका रूपमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिउँसो ४ बजे शपथ लिँदैछन्। आजै सानो आकारको मन्त्रीमण्डल बनाउने प्रचण्डको तयारी छ।