३ मंसिर २०८१, सोमबार 1731938909
Banner

प्रचण्ड नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले गर्‍यो यस्ता निर्णय

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताका समस्या सम्बोधन गर्ने संकल्प लिएको बताउनुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै उहाँले जनताले पाइरहेका समस्या अब सम्बोधन गरिने बताउनुभयो।

ुजनताले ठाउँ ठाउँमा पाइराखेका सास्ती र दुःखहरूलाई कम गराउन। राहदानीसम्बन्धी समस्या समाधान गर्न। लामा लामा लाइन र पीडा जुन देखिएका छन्। त्यसलाई समयभित्रै नियन्त्रण गर्ने र प्रभावकारी ढंगले जनतालाई सेवा दिन हामी केन्द्रित भएका छौं उहाँले भन्नुभयो ।

देशमा थुप्रै जटिलता र चुनौतीहरू भएको भन्दै त्यसलाई समाधान गर्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनुभयो। नेपालको अर्थतन्त्रको स्थितिलाई सुधार्नेतर्फ पनि संकल्प लिएको बताउनुभयो । नेपालको अर्थतन्त्रको स्थिति जसरी जटिल र चुनौतीपूर्ण दिशामा छ। त्यसलाई सुधार्न प्रभावकारी उपाय खोजेर अगाडि बढ्ने संकल्प लिएका छौं। सुशासनतिर गम्भीर ढंगले अगाडि बढ्छौं, उहाँले भन्नुभयो । त्यस्तै नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ । सूचना तथा सञ्चारमन्त्री नबनेसम्मलाई लामिछानेलाई प्रवक्ता जिम्मेवारी दिइएको हो ।