२८ भदौ २०८३, आइतबार 1789345403
Banner

सुदूरपश्चिम एमाले संसदीय दलको नेतामा रावल चयन

कैलाली । एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा राजेन्द्र रावल चयन हुनुभएको छ।

एमाले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टको प्रमुख आथित्यतामा आज बसेको संसदीय दलको बैठकले राजेन्द्र रावललाई दलको नेता चयन गरेको हो । त्यस्तै उप नेतामा सन्तोष शर्मा थापा चयन हुनुभएको छ ।

सुदूरपश्चिमका १० जना प्रदेशसभा सदस्यको उपस्थितिमा दलको नेता र उपनेता चयन गरिएको हो।