३ मंसिर २०८१, सोमबार 1731954733
Banner

नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी वितरण सहज बनाउन गृह मन्त्रालयद्वारा विज्ञ टोली गठन

काठमाडौं -गृह मन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउ पहल थालेको छ ।

उल्लिखित डकुमेन्ट प्राप्त गर्न लामो र झन्झटिलो प्रक्रिया भएकोले त्यसलाई सहज बनाउन गृह मन्त्रालयले पहल थालेको हो ।
मन्त्रालयले महत्वपूर्ण परिचय पत्र वितरणमा देखिएको समस्या समाधानका लागि अध्ययन गर्न विज्ञको टोली गठन गरेको छ ।

सूचना प्रविधि विज्ञहरूको टोली गठन गरेर अध्ययन सुरु गरिएको गृहमन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।
प्रवक्ता पोखरेलका अनुसार विज्ञको टोलीले अध्ययन सुरु गरिसकेको छ ।

मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गृहमन्त्री रवि लामिछानेले राहदानीलगायत महत्वपूर्ण परिचय पत्र वितरणलाई सहज बनाउने र लाइन लाग्नु पर्ने बाध्यता हटाउने प्रतिवद्धता गरे अनुसार यो पहल भएको उहाँले जानकारी दिनुभयो ।