३ भदौ २०८३, बुधबार 1787145370
Banner

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथ मन्दिरमा पूजा आराधना

काठमाडौं – महाशिवरात्रि पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिर जानु भई पूजा आराधना एवं दर्शन गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले मूल मन्दिर प्रवेश गर्नु भई विधिपूर्वक पूजा आराधना एवं दर्शन गर्नुभएको हो । उहाँले विधिअनुसार सबै मठ मन्दिरको दर्शन गरी मूल मन्दिरमा विधिपूर्वक पूजा आराधना गर्नुभएको थियो । राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिर पुग्नु हुँदा उहाँलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले, मन्त्रालयका सचिव महेश्वर न्यौपाने, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कोष सञ्चालक परिषद्का सदस्य, कार्यकारी निर्देशक, कर्मचारीलगायतले स्वागत गर्नुभएको थियो ।