२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 2:10 pm
Banner

माओवादी केन्द्र लुम्बिनी दलको नेतामा जोखबहादुर महरा सर्वसम्मत

सूचना प्रेस २०७९ पुस १८ सोमबार ००:००, १३:३४ बजे १ मिनेट पढाइ

बुटवल । नेकपा माओवादी केन्द्र लुम्बिनीले दलको नेतामा जोखबहादुर महरालाई चयन गरेको छ ।

माओवादी स्थायी समितिका सदस्य एवं रोल्पा १ (१)बाट निर्वाचित महरा सर्वसम्मत दलको नेता चयन भएका हुन् ।

प्रदेश सभामा ९ सांसदहरु रहेको दलको बैठकले उनलाई दलनेताको रुपमा निर्वाचित गरेको हो ।