२६ जेष्ठ २०८३, मंगलबार 1781065677
Banner

सम्मानजनक शक्ति बाँडफाँट भएमात्रै जसपा सरकारमा जाने

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने निर्णय गरेको छ। मंगलबार सम्पन्न राजनीतिक समितिको बैठकले आफूहरूको सम्मानजनक प्रतिनिधित्व भए सरकारमा सहभागी हुने नभए बाहिर बसेर समर्थन गर्ने निर्णय गरेको हो।

राजनीतिक समितिमा सरकारमा जाने नजाने विषयमा सदस्यहरूको मत बाझिएको थियो। तर बहुसंख्यक सदस्यहरू सरकारमा जानुपर्ने पक्षमा उभिएपछि सम्मानजनक शक्ति बाँडफाँट र सरकारको नीति तथा कार्यक्रममा परिवर्तनका एजेण्डाहरू समावेश भए सरकारमा सहभागी हुने निर्णय गरेको पार्टी प्रवक्त मनिषकुमार सुमनले जानकारी दिए।