२७ भदौ २०८३, शनिबार 1789248859
Banner

पोखरा विमान दुर्घटना : मृतक ७२ जनाकै शव भेटियो

१ माघ । आज बिहान पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामापरि बाँकि मृतक ४ जनाको शव पनि भेटिएको छ।

उनीहरुको शव सशस्त्र प्रहरी बलको गोताखोर र रोप रेस्क्यु टोलीले निकालेको हो।

दुर्घटनापरेका यात्रुहरुको शव गण्डकी अस्पतालमा राखिएको कास्की सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले बताए। उनका अनुसार पोखरास्थित गण्डकी अस्पतालमा ३१ जनाको शव पुर्‍याइएको छ।

आज बिहान काठमाडौंबाट पोखराका लागि उडेको विमानमा चालक दलका सदस्यसहित जम्मा ७२ जना यात्रु सवार रहेका थिए।

यस्तै मृतकहरुमध्ये ११ जनाको शवको सनाखत भएको छ।