५ भदौ २०८३, शुक्रबार 1787312074
Banner

काँग्रेस नेतालाई रवि लामिछानेको जवाफ : विधि र पद्धतिबाहिर जान्न, दबाब नदिनू

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कानून कार्यान्वयनका लागि दबाब नदिन आग्रह गर्नुभएको छ।

आज सभामुख चयनका लागि भएको प्रतिनिधिसभाको बैठकमा सांसद देवराज घिमिरेको पक्षमा मत माग्दै उहाँले यस्तो बताउनु भएको हो ।

बैठकको सुरुमा कांग्रेस सांसद रामहरि खतिवडाले हत्या आरोपी सांसद उपस्थित रहेको भन्दै पक्राउ गर्न माग गर्नुभएको थियो।

उहाँले भन्नुभयो, ‘विधि र पद्धतिबाट बाहिर गएर गृहमन्त्रालय दायाँ बायाँ गर्दैन । प्रक्रियाबाट गृहमन्त्रालय बाहिर जाँदैन। कर्मचारी सरुवा बढुवामा पनि विधि बाहिर जान्न। गृहमन्त्रालय आफ्नो प्रतिवद्धतामा टसमस भएको छैन।’

गृहमन्त्री लामिछानेले गृहको कामलाई कसैले पनि प्रभावित नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘यसलाई प्रभावित पार्न कुनै किसिमको दबाब र प्रभाव आउने छैन । विधि र पद्धतिभन्दा बाहिर जाँदैनौँ। कानुन र नियम पालना गर्छौँ भन्ने हो। म यसमा प्रतिवद्ध रहेको सबैलाई आग्रह गर्छु।’