४ मंसिर २०८१, मंगलबार 1732054861
Banner

सभामुख घिमिरेले लिनुभयो पद तथा गोपनीयताको शपथ

काठमाडौँ । नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।

आज शीतल निवासमा आयोजित एक कार्यक्रमबीच उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनुभएको हो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित संवैधानिक अङ्गका पदाधिकारीहरूको उपस्थित थियो ।