३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 12:11 pm
Banner

राष्ट्रिय क्रिकेट खेलाडी आदिल सप्तरीबाट पक्राउ

सूचना प्रेस २०७९ माघ ९ सोमबार ००:००, १४:४९ बजे १ मिनेट पढाइ


काठमाडौँ । राष्ट्रिय क्रिकेट खेलाडी आदिल अन्सारीलाई प्रहरीले सप्तरीबाट पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको निर्देशनमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । नेपाल टी–ट्वान्टी लिग क्रिकेटको ‘स्पट फिक्सिङ’मा अन्सरी संलग्न रहेको सिआईबीको निष्कर्ष छ ।

ब्यूरोका एसपी सञ्जयसिंह थापा नेतृत्वको टोलीले स्पट फिक्सिङबारे छानविन गरेको थियो । सो समितिको सिफारिका आधारमा उनलाई पक्राउ गरिएको हो । आजै बिराटनगर बसपार्कबाट प्रहरीले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी मेहबुव आलमलाई पक्राउ गरेको थियो । उनीहरु दुवैलाई काठमाडौँ ल्याउने तयारी छ ।