२७ भदौ २०८३, शनिबार 1789250353
Banner

त्रिभुवन विमानस्थलका व्यवस्थापन शाखा प्रमुख चुडाल घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल शाखा प्रमुख पूर्ण चुडाललाई पक्राउ गरेको छ । आयोगले स्टिङ अपरेशन गर्ने क्रममा चुडाललाई आज पक्राउ गरेको हो । महाप्रबन्धक प्रेमनाथ ठाकुरले चुडाल पक्राउ परेकोबारे जानकार दिनुभयो । उहाँले भन्नुभयो, “मैले पनि उहाँ पक्राउ परेको भन्ने थाहा पाएको छु, कुन कारणले पक्राउ पर्नुभएको हो, खुलेको छैन ।”

शाखा प्रमुख चुडाललाई घुस लिएको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताएका हुन । ‘भर्खरै नियन्त्रणमा लिइएको हो । बाँकी विषयमा हामी प्रेश विज्ञिप्त जारी गर्नेछौ‌’, भण्डारीले भने ।